विश्वकप फुटबल छनोट खेलका लागि नेपाली टोलीको बिदाइ

काठमाडौँ / फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
आइतवार काठमाडौंमा एक कार्यक्रमबीच टोलीको बिदाइ गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ इन्द्रमान तुलाधर लगायतले आइतबार टोलीलाई बिदाइ गरे । नेपाली टोली २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ ।
२३ सदस्यीय नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई र मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मनीष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई र फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुष घलान रहेका छन् ।
दोस्रो चरणमा समूह ‘एच’मा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ। नेपालले युएईविरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दै छ । दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदै छ ।
नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि साउदी अरबमा खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस