ओमानले नामिबियालाई दियो ११० रनको लक्ष्य
काठमाडौं / आईसीसी टी-२० क्रिकेट अन्तरगतको जारी खेलमा ओमानले नामिबियालाई १ सय १० रनको मध्यम लक्ष्य दिएको छ । किङ्सटन ओभल बार्बाडोसमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो ।
खराब सुरुवात गरेको ओमानले पहिलो बलमै कस्यप प्रजापतिलाई गुमाएको थियो । दोस्रो बलमा अकिव इलियासलाई गुमाउन पुग्यो । १० रन बनाउँदा ३ विकेट गुमाएको ओमान दबाबमा आयो । ३७ रन बनाउँदा ४ विकेट गुमाएको ओमानका लागि खालिद कैल र जिसद मक्सुदले पालीलाई केही उकासेका थिए ।
कैलले ३४ रन र मक्सुदले २२ रन जोडे। आयन खानले १५ र सकिल अहमदले ११ रन बनाए । ती बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नामिबियाका रुवेन ट्रम्पेलम्यानले चार विकेट लिए । डेभिड वाइजको नाममा तीन विकेट रह्यो । जेराड इरामुसले २ विकेट लिँदा बेनार्ड स्कल्टको नाममा एक विकेट रह्यो ।
प्रतियोगिता अन्तर्गत आजै श्रीलंका र दक्षिण अफ्रिका भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु