चीनका कारण रुस-युक्रेन युद्ध लम्बिन लागेको आरोप

Jelenski_Ukrine

काठमाडौं / युक्रेनले चीनका कारण रुस-युक्रेन युद्ध थप लम्बिन लागेको आरोप लगाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्ता कमजोर बनाउने प्रयास गरिरहेको भन्दै युद्ध चीनकै कारण लम्बिने अवस्थामा पुगेको आरोप लगाए ।

Advertisement:Jelenski_Ukrine

उनले चीन र रुसले यो वार्तामा अरु देशलाई सहभागी हुन रोक लगाएको आरोप लगाए। साथै जेलेन्स्कीले रुसले प्रयोग गरिरहेका हतियारसमेत चीनबाट आइरहेको दाबी गरे। तर चीनले भने रुस-युक्रेनमा आफू कुनै पनि पक्षमा नरहेको दाबी गर्दै आएको छ ।

अमेरिकाले समेत चीनले रुसलाई सहयोग गरिरहेको र हतियार पठाइरहेको आरोप विगतदेखि लगाउँदै आएको छ । निरन्तरको प्रतिबन्धका कारण रुसको अर्थतन्त्र कमजोर बन्दा चीनले हतियारसहित सबैखाले सहयोग गरिरहेको पश्चिमा देशहरुको अनुमान छ । हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध प्रत्याक्रमण गर्न अमेरिका निर्मित हतियार प्रयोगको अनुमति दिएको थियो ।

जारी युद्धमा युक्रेनलाई सहयोग गरिरहेको अमेरिकाले गत अप्रिलमा मात्रै ६१ अर्ब डलरको सैन्य मद्दत स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् :