चितवनमा हावाहुरीका कारण ५०० बिघा केराखेतीमा क्षति

banana-damage-due-to-havey-strome-in-chitawon

चितवन / केही दिनअघि आएकोहावाहुरीले जिल्लाको केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको घिमिरेले जानकारी दिए । ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको छ ।’ उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।

Advertisement:banana-damage-due-to-havey-strome-in-chitawon

संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण १२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ७० किसानको केरा पूर्णरूपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले बताए ।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । यहाँ ७०० भन्दा बढी किसान केरा खेतीमा सम्मेलित छन् ।

(रासस)

प्रतिक्रिया दिनुहोस् :