काठमाडौं महानगरले ३ ठाउँमा नेपाल र नेदरल्याण्ड्सको खेल देखाउने

काठमाडौं / काठमाडौं महानगरपालिकाले नेपाल र नेदल्याण्ड्सबीचको टी-विश्वकपको प्रत्यक्ष प्रशारण देखाउने भएको छ।

क्रिकेट खेल हेर्नका लागि महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रशारण लागेको हो ।

Advertisement:

नेपाली समयअनुसार साँझ सवा नौ बजेदेखि हुने खेल महानगरले खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राख्ने भएको हो ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :