९ वर्षीय विद्यार्थी कुट्ने शिक्षक पक्राउ

कास्की / विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स इङलिस बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कास्कीकै रूपा गाउँपालिका-५ का ३२ वर्षीय शिक्षक सुदीप अधिकारी पक्राउ परेका हुन्।
अधिकारीले गत जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको शरीरको पछाडिको भागमा लट्ठीले प्रहार गरी घाइते बनाएको जाहेरी प्रहरीमा परेको छ।
सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत जेठ २० गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो। कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक शर्माले बताए।
यो कसुरमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस