आज फेरी सुनको भाउमा नयाँ रेकर्ड कायम

जेठ २२, काठमाडौं / आज फेरी सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार १ लाख ४२ हजार २०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले मंगलबार पुन: अर्को रेकर्ड कायम गरेको हो । आज सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेर छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रतितोला चाँदीको मूल्य १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४८ दशमलव ६६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०. ६५ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस