जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून, असर भने व्यापक

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

Advertisement:

उनले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि असर भने व्यापकरूपमा भोग्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ’, उनले भनेका छन्, ‘संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौती सामना गर्न सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस् :