पपुवा न्यूगिनी दोस्रो खेलमा पनि पराजित

Uganda-cricket-teem

काठमाडौं / आइसीसी टी-२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) दोस्रो खेलमा पनि पराजित भएको छ ।

आज विहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्‍यो ।  युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए ।

Advertisement:Uganda-cricket-teem

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो ।

पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो । युगान्डाले विश्वकपमा विजयी सुरुवात गरेको छ भने पीएनजीको जारी विश्वकपमा लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस् :