के तपाईँलाई थाहा छ ! ग्यास्ट्रिकले क्यान्सरसम्म हुनसक्छ

woman in pain - female problem

के तपाईँलाई थाहा छ ! हामीले बाध्यताबस ब्यहोर्नु पर्ने रोग ग्यास्ट्रिकले कसरी क्षति पुर्याईरहेको हुन्छ ?’

यहाँहरु मध्ये कतिपयले ग्यास्ट्रिक रोग सुन्नुभएको मात्रै छैन यसबाट पीडित नै बन्नु भएको छ होला । रोगहरुको नाम लिदा सबैभन्दा बढी त ग्यास्ट्रिक रोगकै नाम लिईन्छ । त्यहि कारणले होला कतिपय साथीभाई भेला भएर चियापान गर्ने समयमा दुधचिया की कालो चिया भनेर छनौट गर्दा, दुधचिया नखाने, मलाई ग्यास्ट्रि छ भन्ने कोही न कोही त पक्कै हुन्छन् । त्यसैले ग्यास्ट्रिकलाई नेपालको राष्ट्रिय रोग भनेर ब्यङ्ग्य गर्न थालिएकोे छ ।

Advertisement:woman in pain - female problem

वास्तवमा यो हासोको विषयमात्रै होइन, कसैलाई रुवावासी नै गराउने विषय हो । पेट दुख्ने, फुल्ने र अमिलो डकार आउने यो रोगका मुख्य लक्षण मानिन्छन् । कतिपयलाई छाति र मुटुकको बीच भागमा दुखाईको महशुस हुने र कुम, टाउकोसमेत दुख्नुलाई पनि ग्यास्ट्रिकको लक्षण मान्ने गरिएको छ । ग्यास्ट्रिकको लक्षण भनेर बजारमा पाईने औषधि किनेर खाइहाल्ने हाम्रो बानी नै परिसकेको छ । त्यहि ग्यास्ट्रिकबाट हुने दुखाई कम गर्न खाईएको औषधिले ग्यास्ट्रिक रोगलाई थप बलियो बनाउन मद्दत पुग्छ भन्ने कुरामा हाम्रो ध्यान गैरहेको हुँदैन ।

हामीले खाएको खाना पचाउन आवश्यक पर्ने एक प्रकारको एसिडमा हुने गडबढीले ग्यास्ट्रिक रोगका लागि मद्दत गर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । यहि एसिडको मात्रा बढी भएको अवस्थामा यसले पेटको आन्द्रामा घाउ बनाईदिन्छ, जुन घाउको समयमा नै उपचार हुन सकेन भने अल्सर हुने र पछि क्यान्सरसम्म हुनसक्ने खतरा हुन्छ ।
चिकित्सकहरुको भनाइअनुसार इन्डोस्कोपी गर्दा पेटमा घाउ देखिएन भने ग्यास्ट्रिक, घाउ देखिएको अवस्थामा अल्सर र खानानली र पेट जोड्ने भाग खुकुलो भएर एसिड माथि छाति र घाँटीसम्म आउने अवस्थालाई जिआईआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लेक्स डिसिज) भनिन्छ । जिआईआरडी भएको अवस्थामा यसबाट प्रभावित विरामीहरुलाई घाँटी पोल्ने, घाँटीमा केही अड्केको जस्तो लाग्ने, छाति पोल्ने र दुख्ने, मुखमा अमिलो पानी आउने जस्ता लक्षणहरु देखा पर्दछन् । चिन्ता, तनाब र निराशा बढ्दै जाँदा यसप्रकारका रोगहरु बढ्ने गरेको अध्ययनहरुले देखाएका छन् ।

स्वास्थ्य विशेषज्ञहरुले परीक्षण गर्दा पेटमा खराबी नदेखिइने तर दुखाई र शारीरिक असहज बढेर जाने रोगलाई इरिटेबल बावल सिन्ड्रोम भन्ने गरेका छन् । उनीहरुले चिन्ता, तनाब र निराशाका कारण ग्याष्ट्रिक जस्तै लक्षण भएको रोगका रुपमा इरिटेबल बावल सिन्ड्रम अर्थात आईबीएस भन्ने गरेका छन् । उक्त रोगको निराकरणका लागि पनि ग्याष्ट्रिकका लागि सेवन गरिने औषधि प्रयोग नगर्न र स्वास्थ्य विशेषज्ञहरुसँगको सल्लाह बमोजिम मात्र औषधि सेवन गर्न चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

गिलो दालभात, हरिया सागसब्जी र प्रसस्तै पानी पिउने गर्दा यस्ता रोगहरुबाट छुटकारा पाउन सक्ने पनि चिकित्सकहरुले दावी गरेका छन् । सुख्खा खानेकुुरा, अचार, घ्यु, चटपटे, खुर्सानी, अमिलो दही एवं फलफूल, रातो मासु, तेल तथा चिल्लो पदार्थमा तारेको माछा मासु, पकौडा, समोसा, नम्किन, दुध चिया कफिका साथै चकलेट विस्कुटलगायत बेकरीजनय तयारी खाद्य, बजारमा पाईने चिसो पेया पदार्थहरु अत्यान्त कम सेवन गर्न पनि चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :