मधेशमा ११ मन्त्रालयमा ६ दलको भागबण्डा, मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश

mukhye-mantri

तातोखबर, काठमाडौं / जनमत पार्टीका सतिश सिंहलाई मदेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेश गरिएको छ ।

राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि उनले आज बिहानै दाबी पेस गरेका हुन् ।

Advertisement:mukhye-mantri

भागबण्डा अनुसार एमालेले  भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन,  नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ ।

यस्तै १-१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी तरन्नुम गृह मन्त्री बन्ने पक्का भएको छ ।

जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ । मधेशमा ११ वटा मन्त्रालय रहेका छन् ।

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले  सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेर दाबी गरेका हुन् । आज बिहान १० बजे सबै दलबाट मन्त्रीको टुंगो लगाउने गरी संसदीय दलको बैठक बोलाइएको छ । आजै मन्त्रीको टुंगो लाग्ने र उनीहरुको मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख भण्डारीले सपथ ग्रहण गराउनेछिन् ।

प्रतिक्रिया दिनुहोस् :