नेपाल बैंकद्वारा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडर प्रदान

nepal-bank-road-divider

काठमाडौं / नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ ।

नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडको तर्फबाट शाखा प्रबन्धक नारायणप्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्राडा. ध्यानेन्द्र बहादुर राईसमक्ष सडक डिभाईडरहरू हस्तान्तरण गरेका छन् ।

Advertisement:nepal-bank-road-divider

उक्त कार्यक्रममा प्राडा. ध्यानेन्द्र बहादुर राईले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिँदै प्रशंसा व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् :