आईसीसी पुरुष टी-२० क्रिकेटको शीर्ष आठमा भारत
काठमाडौं / आईसीसी पुरुष टी-२० क्रिकेटको शीर्ष आठमा भारतले आफ्नो स्थान सुरक्षित गरेको छ ।
तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत शीर्ष आठमा पुग्न सफल भएको हो । जारी प्रतियोगितामा भारत अपराजित छ । भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ ।
अमेरिकाले दिएको गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ ३ विकेट गुमाएर पुरा गर्यो ।
ओपनर विराट कोहलीलाई शून्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए ।
सुर्यकुमारले नटआउट ५० रन बनाए। दुवेले अविजित ३१ रनको योगदान दिए। ऋषभ पन्त १८ रन बनाएर आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो । पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट लिएर दबाबमा परेको अमेरिकाले ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सकेको थियो । नीतिश कुमारले सबैभन्दा धेरै २७ रन बनाए । स्टेभन टेलरले २४ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन ।
अर्शदिपले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र ९ रन दिएका थिए । यस्तै हार्दिक पाण्येयले २ तथा अक्षर पटेलले एक विकेछ लिए ।
समूह एमा रहेको भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन् ।
अमेरिका, पाकिस्तान र क्यानडाको सुपर एटको सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ ।