वेष्ट इन्डिजले दियो न्यूजिल्याण्डलाई एक सय १५० रनको लक्ष्य

Cricket-westindies

काठमाडौं / दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले टी-२० विश्वकपको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ४९ रन बनाएको हो ।​

Advertisement:Cricket-westindies

वेष्ट इन्डिजको लागि छैटौं नम्बर क्रिजमा पुगेका शेर्फन रुथेरफोर्डले सर्वाधिक ६८ रन बनाए। ३९ बलमा उनले दुई चौका र ६ छक्का प्रहार गरेका थिए । उनले अन्तिम दुई ओभरमा मात्रै ३७ रन प्रहार गरेका थिए । यसअघि ५ दशमलव ४ ओभरमा चार विकेट गुमाएर २२ रन जोडेपछि वेष्ट इन्डिज दबाबमा आएको थियो ।​

विश्वकपअन्तर्गत २६औं खेलको पहिलो ओभरमै ओपनर जनसन चार्लेस डक आउट भएपछि वेष्ट इन्डिजले कमजोर सुरुवात गरेको थियो । ​​निकोलास पुरनले १७, एकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रनको योगदान गरेका थिए ।

न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्डले चार ओभरमा एक मेडनसहित १६ रन खर्चेर ३ विकेट लिएका थिए । टिम साउदी र लकी फर्गुसनले समान दुई विकेट लिए ।

प्रतियोगिताको समूह ‘सी’ मा न्यूजिल्याण्ड पहिलो जित निकाल्ने योजनामा छ। दुई पटकको च्याम्पियन वेष्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर-८ पक्का गर्ने लक्ष्यमा छ। वेष्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई ५ विकेट र दोस्रो खेलमा युगान्डालाई  एक सय ३४ रनले हराएको थियो ।

समूहमा अफगानिस्तान र वेष्ट इन्डिजको समान चार अंक छ। तीन खेल खेलेको युगान्डाको दुई अंक छ । पिएनजी दुई खेलबाट बिना अंक र न्यूजिल्याण्ड दोस्रो खेल खेलिरहेको छ। पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :