गरिवी निवारण मन्त्रालय चाहिँदैन : ज्ञानेन्द्र शाही

gyan-bahadur-shai

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलको क्रममा उनले सो कुरा बताएका हुन् ।

Advertisement:gyan-bahadur-shai

प्रमुख सचतेक शाहीले सो मन्त्रालयको बजेट मन्त्री, सचिव लगायतका कर्मचारीको तलव, भत्ता लगायतको सेवा सुविधामा मात्रै बजेट विनियोजन भएकाले सो मन्त्रालयको आवश्यकता नरहेको देखिएको जिकिरसमेत गरे ।

उनले ‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरू जग्गा सारीकन पनि खानी चलाउनु’ भन्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश नेपालको भूमि सम्बन्धि नीति भए पनि सरकारले त्यसको अनुशरण गर्न नसकेको भन्दै आपत्ति जनाए ।

प्रमुख सचेतक शाहीले खेतीयोग्य जमिन आज कंक्रिटको शहरमा रुपान्तरित हुँदा पनि सरकारले त्यसको परिचालनका लागि आवश्यक कानून ल्याउन नसकेको बताए ।

उनले भने, ‘केहीलाई मन्त्री बनाउन र उसको आसेपासेलाई जागिर खुवाउनेका लागि हो भने भूमि व्यवस्था मन्त्रालयको आवश्यक्ता छैन । अहिले म बजेट पनि हेर्दै छु। बजेट हेर्दा कर्मचारीलाई पाल्ने, उनीहरुको बैठक भत्ता दिने, अनि मन्त्रीहरू कतै घुम्न गए भने खर्च गर्ने, मन्त्रीले चढ्ने गाडी किन्ने, सचिवले चढने गाडी किन्ने । यहाँभन्दा बढी अरु केही पनि देखिएको छैन ।

पृथ्वीनारायण शाहले एउटा दिव्य उपदेश दिनुभएको थियो । उहाँले भन्नु भएको थियो-खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गा सारिकन पनि खानी चलाउनु । यो उहाँको हाम्रो भूमि सम्बन्धि दिव्य उपदेश हो । आज जहाँ खानी छ, त्यहाँ बस्ती छ। जहाँ बस्ती छ, त्यहाँ खानी छ । आज जहाँ जहाँ खेतीयोग्य जमिन छ । त्यहाँ आज कंक्रिटको सहर बन्दैछ। तराईको लहलह धान फल्ने भूमि आज हेर्न जाने हो भने कंक्रिटको सहर बनेको छ । आज काठमाडौं कहीँकतै सास फेर्ने ठाउँ छैन। अनि भूमिसम्बन्धी ऐन, नीति, कानून बन्दैन त  ? अनि यो मन्त्रालय बनाएर एउटा कार्यकर्तालाई कुर्सी दिन यो मन्त्रालय र यसको बजेट किन आईरहेको छ ? ’

प्रमुख सचेतक शाहीले सरकारले जमिनको मूल्यांकन गरी त्यसको परिचालन हुने खालको कार्यक्रम ल्याउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस् :