असार १६ देखि लघुवित्त पीडितहरुले वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलन गर्ने

laghubitta-pidit

काठमाडौँ / लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ ।

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे ।

Advertisement:laghubitta-pidit

उनले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरूविरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए ।

समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :