नेप्से परिसूचक : आज ९ दशमलव ३२ अंकले घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौँ / यस साता कारोबारको अन्तिम दुई दिन शेयर बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ ।
बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दा कारोबार ५ अर्ब ८९ करोड रुपैयाँ नाघेको थियो । नेप्से परिसूचक आज ९ दशमलव ३२ अंकले घट्दा कारोबार भने बढेर करिब ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर २ हजार ११२ दशमलव २९ को बिन्दुमा कायम भएको छ ।
३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४ सय पटक खरिद बिक्री हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा विकास बैंक समूह १ दशमलव ३ र वित्त समूह २ दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान १ दशमलव ३ प्रतिशतले घटेका छन् ।
बैंकिङ शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव ५९ र लगानी शून्य दशमलव ६४ प्रतिशतले घटेको छ ।
जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१, लघुवित्तको शून्य दशमलव ३८, म्युचुअल फण्डको शून्य दशमलव ११, निर्जीवन बीमाको शून्य दशमलव ८२ र अन्य समूहको उपसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २८ करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर ७ लाख ५० हजार ३९४ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस