बझाङको चैनपुरमा प्रभु बैंक लिमिटेडको ३०४औँ शाखा संचालनमा
तातोखबर, काठमाडौं / प्रभु बैंक लिमिटेडले बझाङमा आफ्नो ३०४औँ शाखा संचालनमा ल्याएकोे छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरमा शाखा संचालनमा ल्याएको हो ।
बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ । यो अभियानले देशभरिनै बैंकिङ क्षेत्रमा जनताको पहुँच वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनााएको छ ।
बैंकको चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्त्वपूणर् भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।
‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०४ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर संचालनमा छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु