नेपाल इन्टरनेश्नल टुरिजम एक्स्पोको पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन

expo-NITE

काठमाडौं, ३२ जेठ / नेपाल इन्टरनेपाल टुरिजम एक्स्पोको काठमाडौंस्थित भृकुटी मण्डपमा एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । जेठ ३१ र असार १ गते गरी दुई दिन सञ्चालन गरिने एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङद्वारा आज विहान उद्घाटन गरिएको हो ।

NITE-expo

Advertisement:expo-NITE

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले हवाई टिकटमा गत वर्ष लगाईएको अनावश्यक मूल्य अभिवृद्धि कर (भ्याट) हटाइने बताए । घोषित बजेट पास हुनुअघि नै उक्त समस्या समाधन गरिने र यसबाट विदेशी पर्यटकको बसाइ लम्ब्याउन उत्साह थपिने मन्त्री तामाङको अभिब्यक्ति थियो ।

गत वर्ष नेपालले १० लाख पर्यटक भित्र्याउन सफल भएको र चालु वर्षमा पनि अनुमानित १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले पर्यटन क्षेत्रमा रहेका झण्झट हटाउने गृह कार्य गरिरहेको पनि उनले जानकारी दिए । नेपालमा पहिचानमा रहेका पुराना गन्तव्यहरुसँग अरु नयाँ गन्तव्यहरु थप्न सकिने थुप्रै पर्यटनको राम्रो सम्भावना देखिए भन्दै मन्त्री तामाङले नयाँ गन्तव्यमा पूर्वाधार निर्माणमा सरकार लागि परेको पनि उनको भनाइ थियो ।

expo-NITE

भृकुटीमण्डपमा दुई दिन सञ्चालन गरिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोमा एसियाका विभिन्न देशहरुका पयर्यटन व्यवसायीहरुहरुले आफ्ना उत्कृष्ट सेवाका जानकारी तथा उतपादनहरु प्रदर्शन गरिरहेको छन् । एक्स्पो उद्घाटनको पहिलो दिनमा नै अवलोकनकर्ताहरुको उल्लेखनीय सहभागिता रहेका देखिएको छ । कार्यक्रमस्थलमा अन्तर्राष्ट्रियस्तरको अन्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् :