टी-२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग झिनो रनले पराजित

nepali-cricket-world-cup-2024

काठमाडौं / जारी आइसीसी टी-२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग पराजित भएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो।

Advertisement:nepali-cricket-world-cup-2024

११६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले फिनिसिङमा चुक्दा १ रनले पराजित भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ रन बनाए । यस्तै अनिल साहले २७ रनको योगदान गरे। अरिफ शेखले ४२ रनको योगदान गरे। यस्तै दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए ।

दक्षिण अफ्रिकाका तब्रिज साम्सीले सर्वाधिक ४ विकेट लिन सफल भए ।

त्यस अघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५  रन बनाएको थियो ।  दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

यस समूहबाट दक्षिण अफिका सुपर ८ मा प्रवेश गरिसकेको छ । श्रीलंका समूह चरणबाटै बाहिरिएको छ ।यस सँगै नेपालको विश्वकप यात्रा यहीँ टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस् :