अल्पविराम ………………. ?

— माण्डव्य हेमन्त

अल्पविराम कति जरुरी, कति आवश्यक छ !
त्यो चाहे हाम्रो जीवनमा नै किन नहोस् यो महत्वपूर्ण छ !!
साँच्चिकै अल्पविराम जरुरी छ ।

आफुलाई सहजतासँग स्वीकार गर्नका लागि !
कमिकमजोरीलाई भित्रैबाट निर्खानका लागि !!
साँच्चिकै अल्पविराम जरुरी छ ।

Advertisement:

आफुलाई पुनः बलियो रुपमा स्थापित गर्नका लागि !
आफ्नो अन्तर्मनको भावनलाई सम्झनका लागि !!
साँच्चिकै अल्पविराम जरुरी छ ।

जब जिन्दगीका हरेक बाटाहरुमा उथलपुथल हुन्छ !
अल्पविरामले नै जिन्दगीलाई त्यस समय साथ दिन्छ !!
साँच्चिकै अल्पविराम जरुरी छ ।

अल्पविराम नै एक विकल्प हो निरन्तर चलिरहनलाई !
तर, प्रयोग गर्दा ख्याल गर्नुपर्छ यसको वास्तविकतालाई !!
साँच्चिकै अल्पविराम जरुरी छ ।

 

— अगुवा सन्देश साप्ताहिक पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस् :