साईकलद्वारा मनाङका विभिन्न गन्तव्यहरुको यात्रा

— ई.सुशिल अर्याल

आजभोलि मानिसहरु आफ्नो काम, अफिसको काम, घरको काम आदिले गर्दा मनिसहरुलाई नयाँ ठाउँहरु घुमफिर गर्न मन लाग्छ । पनि प्रकृतिसँग घुमफिर रुचाउनेहरुमध्ये कै एक भ्रमणकर्ता हुँ । मैले यसअघि मर्दि ट्रेक, रारा ताल जस्ता ठाउँहरुमा घुमिसकेको थिएँ । ती हिमाली क्षेत्रहरुको भ्रमण साईकलबाट गर्न सम्भव छैन ।

Advertisement:

हिमाली जिल्ला मनाङमा भने साईकलमा यात्रा गर्न सकिने भएको छ । यसको व्यवस्था Alpine Home का सञ्चालक सोनम गुरुङले गरेका हुन् । उनकै सहयोगमा मनाङमा मैले पनि साईकलद्वारा भ्राकासम्म घुम्ने अवसर पाएको थिएँ । त्यहाँम्म घुम्नेक्रममा नै अन्नपूर्ण हिमालका मनोरम दृश्यहरु, पुराना गुम्बा र गाउँघरहरु देख्न पाउँदा मलाई निकै नै आनन्दको महशुस भएको थियो ।

चामेदेखि गाडिको यात्राबाट पुगिने मनाङ गाउँ हिमालमा नै अवस्थित गाउँ हो र यो गाउँ मनाङ ङिस्याङ गाउँपालिकामा पर्दछ । त्यहाँका स्थायनी बासिन्दा सोनम गुरुङद्वारा हालैमात्र यस मनाङ अवलोकन भ्रमणमा आउने यात्रुहरुको सुविधाका लागि साईकल यात्रा गर्न सकिने सेवाको व्यवस्थापन गरिएको हो । गुरुङले साईकलमा घुम्ने सुविधाको व्यवस्था मात्रै गरेका छनन् यहाँ, Mountain Bike का लागि आवश्यक पर्न सक्ने जगेडा पार्टपुर्जा र ग्यारेज पनि सञ्चालन गर्दै आएका छन् मनाङ् गाउँमा ।

साईकल यात्रा गर्न दुरिमा आधारित दुई वटा यात्राका प्याकेज बनाईएको छ । मनाङ–भ्राका–ङावल–घ्यारू–पिसाङ यात्रा समेटिएका लामो दुरिको यात्रालाई एउटा प्याकेज बनाईएको छ भने मनाङबाट ग्रिन लेक (Green Lake) र Village Trip गर्न सकिने अर्को छोटो दुरिको यात्रा प्याकेज बनाइएको Alpine Home का सञ्चालक सोनम गुरुङले बताए ।

गुरुङका अनुसार आफुसँग समयको उपलब्धताका आधारमा साईकलबाट मनाङका वस्तिहरुको रहनसहन, संस्कृति, कला र दृश्यहरुको विषयमा बुझ्न चाहने यात्रुहरुका लागि छोटो दुरिको यात्रा निर्धारण गरिएको छ ।

पिसाङ गाउँ
पुरात्वातिक एवं धार्मिक संरचना, पुराना एवं आधुनिक घरहरु देख्न सकिने ठाउँहरुका साथै स्वर्गद्वारीको दृश्य अवलोकन गर्न पिसाङ गाउँसम्मको साईकल यात्रा गर्न सकिन्छ । साईकल यात्रुहरुले पिसाङदेखि केही माथि ग्रिन लेक (Green Lake) मा पुगेर समेत रमाउँन सक्छन् । जुन पोखरीसँग विभिन्न पौराणिक मान्यताहरु समेत जोडिएको छ । स्थानीय बासिन्दाहरुले बताएअनुसार यो तालमा एक जोडी दुर्लभ जातका रङ्ग बदल्न सक्ने हाँस कहिलेकँहि देखा पर्ने तुरुन्त हराउने गरेको छ । स्थानीय भक्तजनहरुले या पोखरीलाई निकै नै पवित्र मान्ने गरेका छन् ।

ङावल र घ्यारु

ङावल गाउँमा रहेका पुरात्वातिक महत्व बोकेको घले राजाको दरवार, शिवजीको गुफा अनि जुलु पिकको मनोरम दृश्य देख्न सकिनेछ । त्यसैगरी घ्यारूमा विभिन्न हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

भ्राका
आर्थिक, सांस्कृतिक र धार्मिक अनि भौगोलिक दृष्टिकोणले अत्यन्तै महत्व बोको अर्को गाउँ हो भ्राका । यहाँ स्थानीय बासिन्दाहरुले पुस्तौंदेखि सञ्चालन गर्दै आएको पापर, उवा, जौलगायतका हिमाली खाद्य उत्पादन पिसानीका लागि पानीघट्टलगायत परम्परागत सीपमा आधारित घरेलु उद्योगहरु अझै सञ्चालन गरिदै आएको छ । यसका साथै भ्राकामा रोमान्टिक लेक (छिनदि ताल) हेरेर समेत रमाउन सकिन्छ ।

 

खाङ्सार

Get way to Tilicho lake मनाङ जिल्लाको तिलीचोतर्फको अन्तिम मानव वस्ति खाङ्सार हो । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको प्राकृतिक ताल तिलीचो गन्तव्यसम्म जाने प्रवेश गाउँ खाङ्सार मनाङ ङिसाङ गाउँपालिकाको रमणीय गाउँहरुभित्र पर्दछ । मनाङबाट विश्वकै उत्कृष्ट १० ट्रेकिङ रुटहरुमध्यभित्र थोरङ्ला पास नगई तिलचोतर्फ जानका लागि पुगिने गाउँ खाङ्सारसम्म अब साईकलमा यात्रा गर्न सकिने भएको छ ।

उल्लेखित गाउँहरुसम्म साईकलबाटै यात्रा गर्न सकिने छोटो दुरिको यात्रालाई बनाईको छोटो दुरिको प्याकेजबाट सोनम गुरुङले यात्रुहरुलाई सेवा दिदै आएका छन् भने घुमफिरका लागि पर्याप्त समय भएका यात्रुहरुका लागि सिरिखर्क–बेस, क्याम्प–तिलीचो ताल, ICE Lake, Moon Lake, Yak Kharka– Ledher–Thorangla Pass, मिलेरेपा गुफा, मिलेरपा पार्क, प्राकेन गुफा, छाङकर View Point  Gangapurna Lake आदि घुम्न लामो दुरिको साईकल यात्राको सेवा पनि स्थानीय यात्र सेवा प्रदायक सोनम गुरुङले सञ्चालन गर्दै आएका छन् ।

लेखक :  आईटि ईन्जिनियर पदमा कार्यरत छन्

प्रतिक्रिया दिनुहोस् :