चितवनमा लुटपाट गर्ने ४ जना पक्राउ

भरतपुर, २ असार / चितवनमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका–६ खोलेसिमल बजारमा लुटपाट गर्ने ती लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

खोलेसिमलमा सञ्चालनरत विनोद सुनारको सुनचाँदी पसलबाट शनिबार राति पौने नौ बजे ती लुटेराहरुले करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Advertisement:

पेस्तोल जस्तो औजार देखाएर ती लुटेराहरुले पसलमा रहेको सीसीटीभीको हार्डसमेत लिएर भागेका अवस्थामा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीद्वारा दिइएको जानकारीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :