पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो

petrol-price-low

तातोखबर, काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको हो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

Advertisement:petrol-price-low

उक्त मूल्य आज राति (आइतबार बिहान १ बजे)देखि लागु हुनेछ। मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ मा झरेको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस् :