लुयान (एस ९०) ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा, फुल चार्जमा १२० किलोमिटर रेन्ज

electric-scooter-in-nepal-electric-scooter-ev-ebike-luyuan-green-energy

तातोखबर, काठमाडौँ / लुयान ईलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता रहेको जिरो इमिसन राइड ‘एन’ कम्पनीले नेपालमा नयाँ उत्पादन (लुयान एस ९०) सार्वजनिक गरेको छ ।

सुन्दर डिजाईन र अत्याधुनिक फिचरले सुसज्जित (एस ९०) मा २ हजार ५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर प्रयोग गरिएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तनाई क्षमता तथा धेरै टिक्ने कम्पनीले जनाएको छ ।

Advertisement:electric-scooter-in-nepal-electric-scooter-ev-ebike-luyuan-green-energy

electric-scooter-in-nepal-electric-scooter-ev-ebike-luyuan-green-energy

‘एस ९०’ एकपटकको फुल चार्जमा अधिकतम १२० किलोमिटरको दिने कम्पनीले बताएको छ । स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टमको प्रयोग गरिएकाले यसले ओरालोमा ब्रेक लिँदा आफै बेट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क ब्रेक दिइएको छ ।

आईपी ६७ रेटेड वाटर तथा डस्ट प्रुफ फिचर रहेको यो स्कुटरलाई जस्तोसुकै पानी पर्दा पनि चलाउन मिल्ने कम्पनीले जनाएको छ । यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिने भएकाले यसलाई निक्कै सुरक्षित मान्न सकिन्छ ।

यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलईडी हेड लाइट, डीआरएललगायतका फिचर छन् । यो मोडलको अधिकतम बिक्री मूल्य २ लाख ६ हजार १०० रुपैयाँ रहेको जारी विज्ञप्तीमा उल्लेख छ । एक्स्चेन्ज तथा फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

लुयानका उत्पादन तथा थप जानकारीका लागि http://www.luyuan.com.np मा जानुहोला ।

लुयान एस ९० बारे थप जान्न यो लिंकको प्रयोग गर्न सक्नु हुन्छ https://www.luyuan.com.np/product/escooter-ebike-ev/

प्रतिक्रिया दिनुहोस् :