पहिरोको कारण मुग्लिन-मलेखु सडक अवरुद्ध

चितवन / पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । सोमबार बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सयौं सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :