प्रतिनिधिसभा बैठकमा आज यस्ता छन् कार्यसूची

sanghiya-samsad-sachiwalaye

काठमाडौं / प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

Advertisement:sanghiya-samsad-sachiwalaye

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

साथै सांसदहरूले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् :