टी-२० मा चारै ओभर मेडन बलिङ गर्ने खेलाडी बने लोकी फर्गुसन

loki-forgusion

काठमाडौं / जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत न्युजिल्यान्डले समूहको अन्तिम खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको छ।

टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पिएनजीलाई १९ दशमलव ४ ओभरमा ७८ रनमा अलआउट गर्यो। न्युजिल्यान्डका लागि तीव्र गतिका बलर लोकी फर्गुसनको सानदार बलिङ गरे। उनले फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिए । उनी पुरुष टी-२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बनेका छन् ।

Advertisement:loki-forgusion

पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रन जोडे । नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर छुन सकेनन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोधीले २/२ विकेट लिए।

जवाफमा न्युजिल्यान्डले इनिङको दोस्रो बलमा फिन एलेनलाई गुमाएपनि ओपनर डेवन कन्वेले ३५ रन जोड्दै टोलीलाई जिततर्फ उन्मुख गराए। रचिन रविन्द्रले ६ रन जोड्दा केन विलियम्सन १८ र डेरील मिचेल १९ रनमा नटआउट रहे ।

समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले ४ खेलमा ४ अंक जोड्यो । युगान्डाले २ अंक जोड्दा पिएनजी अंकविहिन रह्यो । यही समूहको समूह विजेता र उपविजेताका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस् :