एम्बाप्पे घाइते खेलमा फ्रान्स विजयी, अर्को खेलमा बेल्जियम स्तब्ध

romaniya

काठमाडौं /  जारी युरो कप २०२४ मा उपाधि दाबेदार फ्रान्सले विजयी सुरुआत गर्दा अर्को टोली बेल्जियम पराजित भएको छ।

जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको हो । अस्ट्रियाले गरेको आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो । म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो ।

Advertisement:romaniya

खेलका दौरान नाकमा चोट लागेपछि कप्तान केलियन एमबाप्पेलाई‌ अस्पताल लगिएको थियो ।

उनको‌ नाकको शल्यक्रिया गर्नु पर्ने बताइएको छ। विपक्षी खेलाडीसँग ढोक्किएका कारण ९० औं मिनेटमा उनको नाकमा चोट लागेको थियो ।

त्यसअघि उपाधि दाबेदार मध्येको अर्को टोली बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग १-० ले स्तब्ध भयो ।

ईभान स्क्ररान्जले सातौं मिनेटमा गरेको गोलमा स्लोभाकिया विजयी भएको हो । रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि रिबाउन्डमा स्क्ररान्जले सहज गोल गरेका थिए ।

बेल्जियमले खेलमा निकै अवसरहरू सिर्जना गर्यो । बेल्जियमले दुई पटक गरेको गोल मान्य भएन । दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भिएआरले अमान्य गरेको थियो। ५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोलले मान्यता पाएन भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल अमान्य भएको थियो ।

गएराति नै भएको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३-० को जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस् :