विश्व कीर्तिमान : वेष्ट इन्डिजले बनायो पावर प्लेमा ९२ रन

world-record-cricket-worldcup

काठमाडौं :  वेस्ट इन्डिजले टी-२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान कायम गरेको छ ।  घरेलु मैदान ग्रोस इसलेटमा अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन  बनायो ।

यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन ।

Advertisement:world-record-cricket-worldcup

सुरुको ६ ओभरमा जोनसन चार्ल्सले १९ बलमा ३५ र निकोलस पुरानले १३ बलमा ३६ रन जोडेका थिए ।

पहिलो चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २ सय १९ रनको लक्ष्य दिएको छ । पुरनले ५३ बलमा ९८ रन जोडेर आउट भए । उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । यस अघि अमेरिकाका आरोन जोन्स ८० रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस् :