गाजा युद्ध : संकट रोक्न ‘अन्तर्राष्ट्रिय कारबाही’ आह्वान

gaja-isreal-war

हंगेरीले गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार इजराइली समकक्षी इजराइल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा युद्ध नलम्ब्याउन आग्रह गरेका हुन् ।

‘मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्छ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा संकट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा खडा गर्छ’, उनले भने, ‘वर्तमान गाजा संकट सजिलै गम्भीर विश्वव्यापी सुरक्षा खतरा बन्न सक्छ’, उनले भने । उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सिमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुन सक्ने बताए ।

Advertisement:gaja-isreal-war

इजरायलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजराइली शहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा-शासक हमास विरुद्ध ठूलो आक्रमण शुरु गरेको थियो ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार आठ महिना लामो इजराइली आक्रमणमा ३७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका र ८५ हजार अन्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस् :