८ सय २५ जना शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता

sumana-shrestha-education-minister

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्‍यता त्यागेको बताएकी छिन्।

आज (मंगलबार) शिक्षा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको एक सय  दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।

Advertisement:sumana-shrestha-education-minister

उनका अनुसार ४५ जना शिक्षकविरूद्ध उजुरी परेको छ । ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको पनि उनले बताइन् ।

त्यस्तै,उनले कुन पालिकामा कतिले पढाइ छाडे भन्ने तथ्यांकको लागि विद्यार्थीहरूको राष्ट्रिय परिचयपत्र बनाउने,अभिभावकहरूको प्रतिक्रिया समेट्न समाजसँग पाठ्यक्रम ल्याएको लगायत काम भएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस् :