निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने रघुवीर महासेठको प्रतिबद्धता

raghubir-mahaseth-mantri

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्दैन की भनेर शंका नगर्न आग्रह गरे । उनले निर्माण व्यवसायी र सरकारले भुक्तानी गर्ने तथ्यांकमा मेल नखाएको भन्दै निर्माण व्यवसायी महासंघले सरकारले गर्नुपर्ने भुक्तानी कति छ ? त्यसको विवरण सरकारलाई उपलब्ध गराउन आग्रह गरे ।

Advertisement:raghubir-mahaseth-mantri

मन्त्री महासेठले रकम भुक्तानी समस्यामा अर्थ मन्त्रालयलाई मात्रै दोष दिन नहुने बताए । ‘यहाँ मैले धेरै सुनेँ, पेमेण्टको बारेमा । नेपाल सरकार जति प्रतिकुल स्थितिमा भएपनि सरकार सरकार हो । एउटा सरकारको लागि १०-२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन’, उनले भने, ‘अहिले हामी सबै दोष दिन्छौँ। अर्थ मन्त्रालयले समयमा भुक्तानी दिएन र रकमान्तर गरिदिएन। अर्थ मन्त्रालय पनि कानूनको भित्र त चल्नुपर्छ। अर्थ मन्त्रालयले पनि चाहेको जतिखेर त गर्न पाउँदैन ।’

उपप्रधानमन्त्री महासेठले असार १५ गतेसम्म निर्माण व्यवसायीको बाँकी भुक्तानीको यकिन र सही तथ्यांक मन्त्रालयाई प्रस्तुत गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् :