रौतहटमा बहुमूल्य खयरको काठ चोरी तस्करी

khayer-wood-smuggling

रौतहट / रौतहटमा बहुमूल्य खयर काठ चोरी तस्करी बढेपछि डिभिजन वन कार्यालय रौतहटले सक्रियता बढाएको छ ।

डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा जंगलबाट खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ सहित बरामद गरेको हो । गैंडाटार सब डिभिजन वन कार्यालयअन्तर्गतको वन क्षेत्रबाट डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेसिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएका छन् ।​

Advertisement:khayer-wood-smuggling

गैडाटार सब डिभिजन वन कार्यालयका रेन्जर विकास लामिछाने, सहायक वन अधिकृत नवनीतकुमार मिश्र, मधुकान्त सिंह र सशस्त्र वन रक्षकको टोलीले बहुमूल्य जातको खयरको रूख काटेर डमरु बनाउँदै गरेको अवस्थामा तयारी डमरु, खयरको गोलिया, डमरु बनाउने मेसिन बरामद गरेको हो ।

वन गस्ती टोलीलाई देख्नासाथ डमरु बनाउने काममा संलग्नहरू फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

पछिल्लो समय चुरेफेदीमा पर्ने गैँडाटार, जुडिबेला सब-डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् :