प्रतिनिधिसभा बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौं / प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूचीमा उल्लेख छ ।

Advertisement:

सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमघटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री, वन तथा वातावरणमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शहरी विकासमन्त्री, रक्षामन्त्री, खानेपानीमन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस् :