संसद भवन भित्र कार्यरत प्रहरी जवानले आफैँलाई गोली हाने

Pistol-fire-by-police

काठमाडौं /  संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ।

आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोले हुन् । बिहान ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए ।

Advertisement:Pistol-fire-by-police

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका २२ वर्षीय प्र.ज. अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेका हुन् ।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको हो ।

अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस् :