बक्यौता रकम भुक्तानी दिन माग गर्दै दुग्ध किसानको विरोध प्रदर्शन

DDC-kishan-aandolan

काठमाडौं / दूधको बक्यौता रकम भुक्तानी दिन माग गर्दै दुग्ध किसानले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार बिहान उनीहरूले लैनचौर स्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय रहेको  घेराउ गरेका हुन् ।

दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जनालाई  प्रहरीले पक्राउ गरेको छ।

Advertisement:DDC-kishan-aandolan

भुक्तानी लगायत विभिन्न मागसहित पटक-पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । ​

प्रतिक्रिया दिनुहोस् :