प्रभु बैंकको मुगुस्थित गमगढीमा नयाँ शाखा सञ्चालन

mugu-gamgadhi-prabhu-bank

काठमाडौं / प्रभु बैंकले आफ्नो नयाँ शाखा मुगुस्थित गमगढीमा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो ३०६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले शाखा कार्यालय विस्तार गरी सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ।

Advertisement:mugu-gamgadhi-prabhu-bank

यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिसँगै देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ ।​ बैंकको देशभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :