रोहित पौडेलसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आईसीसीले कारवाही गर्यो

Rohit-bangladesh

काठमाडौं / टी-२० विश्वकपमा नेपाली कप्तान रोहित पौडेलसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आईसीसीले कारवाही गरेको छ ।

फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए ।

Advertisement:Rohit-bangladesh

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो ।

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन । दुई खेलाडीबीचको नोकझोक भएको थियो । तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :