बालेनको घर अगाडि फोहोर फाल्न सहयोग गर्ने कवाडी व्यवसायीलाई अमरेशको प्रतिबद्धता

amresh-kumar-singh-samsad

काठमाडौँ / प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौँका कवाडी व्यवसायीलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको घर र महानगरअगाडि लगेर फोहोर फाल्न आह्वान गरेका छन्। यसका लागि आफूले सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य सिंहले प्रतिनिधिसभामा बोल्दै बुधवार उक्त आह्वान गरेका हुन् । उनले मधेशको मान्छे काठमाडौंमा देख्नै नहुने सरकारको यो कस्तो रणनीति हो भन्दै आलोचना गरे ।

Advertisement:amresh-kumar-singh-samsad

उनले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको बताए। उनले मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए । उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको निःशुल्क उपचारको माग गरे ।

सिंहले भने, ‘मधेशका कवाडी व्यवसायीहरू आन्दोलनरत छन् । शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ। एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन। सबै फोहर बालेन साहको घर र महानगरपालिका अगाडि थुपारौँ । त्यसका लागि हामी साथमा छौँ। किनभने महानगरले नै सिकाएको हो ।’

प्रतिक्रिया दिनुहोस् :