कांग्रेसले अवरोध गरेपछि कर्णालीको बैठक स्थगित

karnali-pradeshsabha-karnali-province

सुर्खेत / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

कर्णाली प्रदेशसभाको बैठकको शुरुमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने माग गरे ।

Advertisement:karnali-pradeshsabha-karnali-province

उनको भनाइपछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्ट्रममा पुग्ने बित्तिकै कांग्रेस प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरे ।

सरकारका मन्त्रीले जवाफ दिइरहँदा र सभाको कामकारबाही चलिरहेका वेला बैठक अवरोध गर्नु प्रदेशसभा नियमावलीविपरीत हो भन्दै सभामुख नन्दा गुरुङले नियमापत्ति मात्र जनाउन पाइने तर अवरोध गर्न नपाइने जिकिर गरिन् तर पनि कांग्रेसले आफ्नो अडान छाडेन ।

यसैबीच, सत्तापक्षका प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २१ को दफा ६ र २२ को दफा ‘च’ अनुसार नियम उल्लंघन गरेको भन्दै नियमापत्ति जनाए ।

कांग्रेस प्रदेशसभा सदस्य वेदराज सिंहले सत्तापक्षका सदस्यले प्रदेशसभा नियमावलीको नियम ‘च’ देखाएर प्रतिपक्षीलाई नधम्क्याउन चेतावनी दिए ।

उनले भने, “दलीय धारणा राख्न पाइन्छ, त्यही व्यवस्थाबमोजिम आफ्नो अधिकार प्रयोग गरेका छौँ । अबण्डा रकम राख्न पाइन्न, समपूरक र विशेष अनुदान छुटेका क्षेत्रमा सशर्त अनुदानमार्फत सम्बोधन हुनुपर्छ ।”

सरकारले जवाफमा अड्काउनुभन्दा दस्तावेजीकरण गरेर आफ्ना माग सम्बोधन गर्न उनले आग्रह गरे ।

बजेट पुनर्लेखन नभएसम्म सदनका कुनै पनि कारबाही अगाडि बढ्न नसक्ने कांग्रेसको अडानपछि सभामुख गुरुङले आधा घण्टाका बैठक स्थगित भएको सूचना गरे ।

प्रतिक्रिया दिनुहोस् :