६१ किलो सुन तस्करी प्रकरणमा संलग्न थप दुई पक्राउ

काठमाडौँ / केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

Advertisement:

“६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सीमाक्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ” उनले भने।

६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस् :