सर्लाहीमा रात्रि बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं / सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।
भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस रोकी राखेको एन एल ०१ एच ९२५२ को लहरीसँग ठोक्किँएर दुर्घटना भएको हो। २५ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ।
घटना बारे थप विवरण आउन भने बाँकी छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस