दूग्ध किसान आन्दोलन : गृहमन्त्रीको राजीनामा माग, लाखौं किसान सडकमा उतार्ने चेतावनी

तातोखबर, काठमाडौं / दूधको बक्यौता रकम भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले विरोध प्रदर्शन गरेका छन्। दूधको भुक्तानी तत्काल दिन माग गर्दै बिहिबार पनि प्रदर्शन जारी राखेका हुन्।

किसानहरु लैनचौर स्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालयको गेट अगाडी  सडक छेउमा धर्ना बसिरहेका छन्।

Advertisement:

भुक्तानी लगायत विभिन्न मागसहित पटक-पटक भएको सम्झौता कार्यान्वयन नभएको भन्दै किसानहरुले सरकारप्रति आक्रोस पोखेका थिए।

kishan-ddc-strike

kishan-andolan-kathmandu

किसानले गरेको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको समेत राजिनामा माग गरेका थिए।

“हाल किसानका प्रतिनिधिमात्र आएका छौँ,  माग पुरा नभएर लाखौं किसान सडकमा आउने हो भने स्थिति थामिनसक्नु हुन्छ ” केन्द्रीय दुग्ध सहकारी संस्था लिमिटेडका केन्द्रीय सदस्य बिदुर हुमागाईंले तातोखबरसँगको कुराकानीमा भने।

 

DDC-kishan-aandolan

दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । हिजोको विरोध प्रदर्शनका क्रममा  केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ता सहित ३४ जनालाई प्रहरीले पक्रेर छोडेको थियो।

(फोटो)

dairy-farmer-strike

kishan-andolan-dairy-farmer-strike-kathmandu

DDC-farmer-strike-in-kathmandu-dairy-farmer

kisan-andolan

प्रतिक्रिया दिनुहोस् :