काठमाडौंमा आँप मेला आयोजना

nepal-mango-fest

काठमाडौं / आजबाट राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा पहिलोपटक नेपाल आँप मेला आयोजना गरिएको छ ।

नेपालको उत्पादनलाई समर्थन गरौं ताजा र स्वादिलो आँपको आनन्द उठाऊँ भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको हो ।

Advertisement:nepal-mango-fest

मेलालाई किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो। असार ९ गते सम्म सञ्चालन हुने सो मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० भन्दा बढी किसानहरूबाट आँप खरिद गरी ल्याएको हो।

सो आँप मेलामा मल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरीलगायत विभिन्न १५ प्रकारका आँप र आँपबाट उत्पन्न गरिएका विभिन्न उत्पादनहरु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :