युक्रेनका ११४ ड्रोनलाई निष्क्रिय बनाएको रूसको दाबी
शुक्रबार युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले बताएका छन्।
रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले टेलिग्राममा बताए।
दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणसँग लडिरहेको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरूलाई लक्षित गर्दै रूसी क्षेत्रमा आक्रमण बढाएको छ।
युक्रेनको ऊर्जा पूर्वाधारमा लक्षित रूसी मिसाइल र ड्रोन आक्रमणले देशको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको किएभलाई युरोपेली सङ्घबाट बिजुली आयात गर्न बाध्य पारेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु