अष्ट्रेलियासँग बंगलादेश २८ रनले पराजित, आज इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

australia-world-cup-teem

काठमाडौं / जारी आइसीसी टी-२० विश्वकप अन्तर्गतको सुपर एटको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ। अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल डकवर्थ लुईस (डीएल) नियम अनुसार निर्णय लिइएको थियो।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो। ​बंगलादेशका लागि कप्तान नाजमुल हुसेन सान्तोले सर्वाधिक ४१ रन बनाए। त्यस्तै तोहिद ह्दयले ४० रनको योगदान गरे। अन्य कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। ​अष्ट्रेलियाका प्याट किमिन्सले ३ विकेट लिए भने एडम जाम्पाले २ तथा मिचेल स्टार, ग्लेन म्याक्स्वेल र मार्कस स्टोनिसले एक एक विकेट लिए।

Advertisement:australia-world-cup-teem

१४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाको पालीमा पानी परेर खेल रोकिँदै चल्दै गर्‍यो। विना विकेटको क्षतिमा ६४ रन बनाउँदा पानी परेर खेल रोकियो। त्यसपछि सुरु भएको खेलको पहिलो बलमै ट्रभिस हेडलाई गुमाएको थियो। उनी ३१ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका मिचेल मार्स १ रन बनाएर पेभिलियन फर्किए। अष्ट्रेलियाका दुवै ब्याट्सम्यानलाई बंगलादेशका रिसाद हुसेनले आउट गरेका थिए।

ओपनर डेभिड वार्नर ५३ र ग्लेन म्क्सवेल १४ रन बनाएर एक सयको स्कोरमा खेलिरहँदा फेरि पानी परेर खेल रोकिएको थियो। त्यसपछि नतिजा डिएल मेथडबाट लिइएको हो।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो।

समूह १ मा रहेको अष्ट्रेलियाले पहिलो खेल जितेर शीर्ष स्थानमा रहँदा यही समूहमा रहेको भारत समान अंकसहित दोस्रो स्थानमा छ। गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो। अफगानिस्तान र बंगलादेश अंकविहीन छन्।

समूह २मा एक-एक खेल जितेका इङ्ल्याण्ड र दक्षिण अफ्रिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। यी दुईबीचको खेल आज राति सवा ८ हुनेछ।

प्रतिक्रिया दिनुहोस् :