जाजरकोट खलङ्गामा प्रभु बैंक लिमिटेडको नयाँ शाखा संचालन

prabhu-bank-jajarkot-branch

काठमाडौं / प्रभु बैंक लिमिटेडले जाजरकोटको खलङ्गामा आफ्नो नयाँ शाखा संचालन गरेको छ।

बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ मा स्थित खलङ्गा बजारमा आफ्नो ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो।

Advertisement:prabhu-bank-jajarkot-branch

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ।

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर संचालित छन्।

प्रतिक्रिया दिनुहोस् :