प्राइम सहकारीको रकम हिनामिना गर्ने ३ जना पक्राउ

Prime-Sahakari-pokhara

काठमाडौं / पोखरा महानगरपालिका-४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका-१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा-३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की रहेका छन्।

Advertisement:Prime-Sahakari-pokhara

सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए। प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ।

प्रतिक्रिया दिनुहोस् :