नाबालिकामाथि जबर्जस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ

nepal-police-arrest

काठमाडाैं / १७ वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आपरोपमा मकवानपुरका एक प्रहरी जवान पक्राउ परेका छन्। मकवानपुरकाे प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन्।

कञ्चनपुर घर भएका प्रहरी जवानविरुद्ध ८ कक्षामा अध्ययनरत १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिएका छन्।

Advertisement:nepal-police-arrest

उनी १६ जेठमै पक्राउ परेका थिए। उनले अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबर्जस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ। यस्तै नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवानटले पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :